Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढ्याे

सुन प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

1.7k
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला नौ हजार पाँच सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार तोलामा चार हजार एक सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघःले साेमबार सुन प्रतितोला तीन लाख चार हजार ६ सय रूपैयाँ पुगेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा पाँच हजार १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य आइतबारको तुलनामा प्रतितोला दुई सय ४० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस पाँच हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।