एजेन्सी । नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ ।
उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत मोहम्मदीलाई सजाय सुनाइएको पुष्टि गरेका हुन् । उनले सामाजिक सञ्जाल मोहम्मदीलाई मिलेमतोमा षडयन्त्र रचेको आरोपमा ६ वर्ष र प्रोपोगान्डा गतिविधिका लागि डेढ वर्ष जेल सजाय सुनाइएको लेखेका छन् । नरगिस विगत केही वर्षदेखि जेल सजाय भुक्तान गर्दै आएकी छन् । सन् २०२४ डिसेम्बरमा स्वास्थ्य अवस्थाका कारण उनलाई तीन साताका लागि जेलबाट अस्थायी रिहा गरिएको थियो ।
यद्यपि, गार्डियनको रिपोर्ट अनुसार अभियन्ता र पश्चिमा मुलुकहरूको दबाबका कारण उनको रिहाइको समय बढेको थियो । मोहम्मदीको पछिल्लो गिरफ्तारी डिसेम्बर सन् २०२५ मा एक शोक सभामा ‘भडकाउ बयान’ दिएको आरोपमा भएको थियो ।यहि मामिला इरानको उत्तर–पूर्वी सहर मशहदको एक अदालतले उनलाई साढे सात वर्षको जेल सजाय सुनाएको हो । ५३ वर्षीया मोहम्मदीलाई इरानमा महिलाहरूमा हुने अत्याचारविरूद्ध आवाज उठाएको भन्दै सन् २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।
मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । डिसेम्बर सन् २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट ३ हप्ताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदीले कैयौं सजायको सामना गर्दै आएकी छन् ।





प्रतिक्रिया दिनुहोस्