काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैयौं मतदाता आफ्नो मताधिकारबाट वञ्चित हुने चिन्ता बढेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले हुम्ला, मुगु, डोल्पा, जुम्ला र रुकुम पश्चिम जिल्लाका १८ हजार ८ सय २३ मतदाता हिउँबाट प्रभावित हुनेमा ७ हजार एक सय ६० जना अहिले गाउँ बाहिर रहेकाे जनाएकाे हाे । जाडो छल्न नेपालगञ्ज, सुर्खेत, काठमाडाैं, पोखरा र भारत समेत गएका कारण यी मतदाताहरू माघ र फागुन महिनाभरि गाउँ फर्कन सक्ने अवस्था नभएकाे प्रहरीले बताएकाे छ ।
बाटोहरू हिउँले ढाकिएको हुनाले गाउँमै रहेका बुढापाकालाई पनि मतदान केन्द्र पुग्न गाह्रो हुने देखिन्छ । डोल्पाको छार्काताङसोङ गाउँपालिकाका उपाध्यक्ष कर्मा ढुण्डुप गुरुङले भूगोल र मौसमको ख्याल नगरी चुनाव तोकिएको गुनासो गर्नुभएको छ । त्यस्तै बाजुरा, दार्चुला, बझाङ, मनाङ, मुस्ताङ, दोलखा, रसुवा, ताप्लेजुङ र सोलुखुम्बुका उच्च हिमाली भेगका मतदाता पनि साेहि समस्यामा परेका छन् ।
मनाङ र मुस्ताङका करिब ७० प्रतिशत मानिसहरू जाडो छल्न पोखरा र काठमाडाैं गएका छन् । जुम्लामा करिब ३० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्