Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नवलपरासीमा ३ वटा मोटरसाइकल एक-ठोक्किंदा एक जनाको ज्यान गयाे, २ घाइते


247
Shares

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एक-आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

साेही दुर्घटनामा परी २ जना घाइते भएकाे प्रहरीले बताएकाे हाे । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले कावासोती नगरपालिका-१४ अग्यौलीस्थित भित्री सडक खण्डमा ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरको मोटरसाइकल आइतबार राति एक-आपसमा ठोक्किएकाे जनाएकाे छ।

साेही दुर्घटनामा परी ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्रहरीले बताएकाे हाे । गम्भीर घाइते खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको थियाे। दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नं को मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन् ।

प्रहरीले तीन वटै मोटरसाइकल नियन्त्रणमा लिएको बताएकाे हाे ।