Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


तालमेलको कसरत पनि असफल ! (भिडियो रिपोर्ट)


0
Shares

काठमाडौं ।

चुनावी गठबन्धनसहित निर्वाचनमा होमिने दलहरुको कसरत अन्तिम अवस्थामा असफल भएको छ । पुराना दलका नेताहरुले आन्तरिक रुपमा यो कसरत अघि बढाएका थिए ।

उनीहरुले आफू असुरक्षित हुने भयले चुनावी गठबन्धनको छलफल अघि बढाए पनि त्यो सम्भव देखिएको छैन । चुनावी गठबन्धनको कसरत सफल नभएपछि सबै दलहरु अब एक्लाएक्लै निर्वाचनमा होमिन बाध्य भएका छन् । एक रिपोर्ट ।

जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक घट्नाले पुराना दलहरुलाई राम्रैसँग सताएको छ । उनीहरुले विगतमा गरेका असान्दर्भिक गतिविधिले युवापुस्तामा आकर्षण छैन । युवाहरुको मर्म र भावना अनुसार पुराना दल अघि नबढेपछि त्यसले नै समस्या निम्त्याएको छ । अझै पनि पुराना दलका नेताहरु सच्चिने तयारीमा छैनन् । युवाहरुको इच्छा र आवश्यकता अनुसार उनीहरु अघि बढेको भए अहिले यो अवस्था आउने नै थिएन ।

पुराना दलका नेताहरुकै कारण मुलुकको अवस्था यस्तो भएपछि उनीहरुलाई नयाँ पुस्ताले रोज्ने कुरै भएन । प्रविधिसँगै हुर्किएको पुस्ताले आश्वासन भन्दा परिणाम खोजिरहेको छ । जेनजी आन्दोलनपछि मुलुकमा पहिलोपटक निर्वाचन हुँदैछ । यो निर्वाचन पुराना दलका लागि निकै चुनौतीका रुपमा खडा भएका छन । नयाँ दलहरु उत्साहका साथ अघि बढेका छन् । नयाँ दलहरुलाई चुनौती दिन पुराना दलका नेताहरुबीच तालमेल गर्ने कसरत भएको थियो । कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच चुनावी गठबन्धनको कसरत भए पनि अन्तिम अवस्थामा त्यो असफल भएको छ ।

खासगरी यी दलका शीर्ष नेताहरुले आफू जोखिममा परेपछि गठबन्धनको अस्त्र अघि बढाएका थिए । यो अस्त्र असफल भएपछि सबै दल एक्लाएक्लै निर्वाचनमा होमिने निश्चित भएको छ । गगन थापा, कांग्रेस उम्मेदवार, सर्लाही–४ यो निर्वाचनमा पुराना दलहरुलाई आफ्नै मत जोगाउन कठिन छ । दलका उम्मेदवारहरुले आकर्षणको मत पाउने सम्भावना निकै कम देखिएको छ । केही निर्वाचन क्षेत्रमा यो सम्भव भए पनि अधिकांश क्षेत्रमा पुराना दलप्रति युवाको आकर्षण सम्भव छैन । मुलुकका अधिकांश युवाहरुको आकर्षणको केन्द्रमा नयाँ दल र नयाँ उम्मेदवारहरु छन् ।

झापा–५, सर्लाही–४ लगायतका निर्वाचन क्षेत्रमा यो क्रम देखिन सुरु भइसकेको छ । झापा–५ मा दुई भावी प्रधानमन्त्रीका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदैछ । एमाले उम्मेदवार केपी शर्मा ओली र रास्वपा उम्मेदवार बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने भएपछि सिंगो मुलुकको ध्यान त्यतातिर केन्द्रित भएको छ । यो क्षेत्रमा यस पटक ओलीका लागि त्यति सहज छैन । त्यहाँको अवस्था बुझेपछि ओली निर्वाचन नहुनेमा अझैं आशंका व्यक्त गरिरहेका छन् ।

ओलीले आफू जोगिन अन्य दलको साथ खोजेपनि त्यो सम्भव भएन । अर्कोतर्फ, रुकुम पूर्वबाट नेकपा उम्मेदवार बनेका पुष्पकमल दाहाल भने केही सुरक्षित रहेको महसुस गरिरहेका छन् । तर, सो क्षेत्रमा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच तालमेल भएपछि उनका लागि पनि सहज अवस्था छैन । यस्तो भएपछि दाहाल पनि नयाँ दलप्रति खनिन थालेका छन् । उनी आफूलाई नयाँ अनुहार र नयाँ दलको पगरी गुथिरहेका छन् ।

पुष्पकमल दाहाल, नेकपा उम्मेदवार, रुकुमपूर्व पुराना दलका उम्मेदवारका लागि यो निर्वाचन समस्या बन्नसक्ने स्पष्ट छ । मतदानको दिनसम्म उनीहरुले उलटफेर गरे भने कुरा अलगै होला । त्यसैले यो निर्वाचन पुराना दलका उम्मेदवारका लागि विरासत जोगाउनुपर्ने चुनौतीका रुपमा रहेको छ ।