Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


आईसीसी टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल पराजित


299
Shares

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ ।

मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनायो ।

राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए । आसिफ सेख ७ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरिले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ र आरिफसेखले १० रन बनाए । लोकेश बम ३९ र करन केसी १ रनमा अविजित रहे । जित नजिक रहेको नेपालले अन्तिम ओभरमा गुलसन झा को विकेट गुमाउँदा खेल हार्न पुग्यो ।

नपाललाई जित नजिकसम्म पुर्याउन लोकेशले २० बलमा ३९ रन बनाए । उनले ४ चौंका र २ छक्का प्रहर गरे । यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्याण्डका ह्यारी ब्रोकले ५३ र ज्याकब ब्यानथनले ५५ रन बनाए । नेपालका दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले एक एक विकेट लिए ।