Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


अधिकांश मतदाताले राजा नभई हुँदैन भन्ने पक्षमा छन्ः कमल थापा


143
Shares

काठमाडाैं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता कमल थापाले अधिकांश मतदाताले देशमा राजा नभई नहुने बताउने गरेको दावी गर्नुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ का राप्रपाका उम्मेदवार समेत रहनुभएका उहाँले आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सो जिकिर गर्नुभएको हो । बुढापाकाहरु भन्दा पनि बढी युवाहरुले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको चाहना राखेको समेत वरिष्ठ नेता थापाको भनाई थियो ।

उहाँले भ्रष्ट नेता र भ्रष्ट पार्टीलाई मतदान नगर्नका लागि आम मतदातालाई अपिल गर्न पनि पार्टीको सिंगो पंक्तिलाई अपिल गर्नु भयो । जनताको घरघरमा पुगेर भ्रष्टाचारको अन्त्यका लागिष् आफूहरुलाई मत दिन आग्रह गर्न आवश्यक रहेको वरिष्ठ नेता थापाले बताउनुभयाे ।
उहाँले भन्नुभयो,‘जहाँ हामी भोट माग्न गएका छाैँ । अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन् । अधिकांंशले अब राजा नभई हुँदैन भन्छन । केवल बुढापाकाले मात्रै होइन, हिन्दु राष्ट्र र राजसंस्थाको चाहना अहिले सबैभन्दा बढि युवाहरुले खोजिराखेका छन् । अब हामीले मेहनत गर्नुपर्छ । घरघरमा पुग्नुपर्दछ । एक पटक हामीले जनतालाई घच्घच्याउनु पर्दछ । मैले ठाउँठाउँमा भनेको छु–तपाईहरुले पनि त्यही कुरा भन्नुहोस कि युवाहरुको आन्दोलन भ्रष्टचारको अन्त्यका लागि हो । बेथितिको अन्त्य हो । हामी रातदिन भ्रष्टाचारको विरोध गर्दछौँ । २४ घण्टानै भ्रष्टाचार भएको गुनासो गर्दछौँ । तर चुनावको बेला यी सबै कुरा बिर्सेर त्यही भ्रष्ट, भ्रष्ट दललाई नै भोट हाल्ने काम गर्दछौ । त्यसकारणले गर्दा यस पटक कमसेकम यो चुनावमा भ्रष्ट नेता र देशमा भ्रष्टाचारको महारोग भित्र्याउने पार्टीलाई भोट हाल्दैनौ भन्ने संकल्प गराऔँ । हामीले जनतालाई यही भनिराखेका छौँ । जनताले पनि सकारात्मक रेसपोन्स गरिरहेका छन् ।’

वरिष्ठ नेता थापाले यथास्थितिमा मुलुक अघि बढ्न नसक्ने भएकाले पनि आसन्न निर्वाचनमा राप्रपा विजयी हुनुको विकल्प नरहेको बताउनुभयो ।