काठमाडाैं । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से १० दशमलव २५ अंकले घट्दै २६ सय ९८ दशमलव ४४ को विन्दुमा झरेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये लगानी र अन्य उपसमूह बाहेक अरु ११ वटा उपसमूहको परिसूचक घटेका छन् । होटल एण्ड टुरिज्म उपसमूह सर्वाधिक २ दशमलव १३ प्रतिशतले घटेको छ ।
घटेको बजारमा पनि सुपरमाइ हाइड्रो, रिडी पावर र खानीखोला हाइड्रको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । तर कालिञ्चोक दर्शन केवलकारका लगानीकर्ताले भने सर्वाधिक ८ दशमलव ९१ प्रतिशत गुमाएका छन् । आज ८५ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
दिनभरमा ३३० वटा स्टकको दुई करोड ३२ लाख ३६ हजार कित्ता शेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज सुपरमादी हाइड्रोको सर्वाधिक ५६ करोड तीन लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तै आँखुखोला हाइड्रको ५१ करोड बढी र रिडी पावरको ४७ करोड बढीको शेयर खरिद विक्री भएको छ ।





प्रतिक्रिया दिनुहोस्