Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


सुनचाँदीको मूल्य आज फेरी ह्वात्तै बढ्यो


2.4k
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।

बिहीबार प्रतितोला चार हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार तोलामा नौ हजार पाँच सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भइरहेको जनाएको छ ।गत शुक्रबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार नौ सय ६७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको हो ।