Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा वेदबाट आधारित-अध्यक्ष ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा वेदबाट लिएको बताउनुभएको छ।

झापाको एक धार्मिक अनुष्ठानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । नेपाल कस्तो हुनुपर्छ भनेर पनि समृद्ध नेपाल अथवा हाम्रो देश धनी हुनुपर्दछ समृद्ध हुनुपर्दछ, नेपाली जनता सुखी हुनुपर्दछ भनेर समृद्ध नेपाल र सुखी नेपाली आफूले भनेको उहाँको तर्क छ ।

विश्वमा ज्ञान र सृष्टि जस्ता अनेक रचना गर्ने नेपालीका पूर्वजहरू नै रहेको उहाँले बताउनुभयो । वेदहरूले भने जस्तै ‘सबै मान्छे सुखी हुन् कसैले पनि दुःख नपाओस्’ भन्ने आफूले चाहेको पनि अध्यक्ष ओलीको दावी छ ।