Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


रोहित पौडेलको टोलीले विश्वकपमा आत्मविश्वास र एकता देखाउने प्रधानमन्त्री कार्कीको विश्वास


130
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले १०औं संस्करणको आईसीसी टी-२० विश्वकपमा नेपाली टिमले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गर्नुभएको छ।

भारतको मुम्बईमा आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमलाई आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो। उहाँले मुम्बईको वानखेडे स्टेडियममा आइतबार राष्ट्रिय धुन गुन्जिने र त्यो विश्वले सुन्ने समेत बताउनुभएको हो। उहाँले कप्तान रोहित पौडेलको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति उहाँको भनाइ छ ।

तेस्रो पटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभरी फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार र सफलताको आड भएको उहाँले प्रधानमन्त्री कार्कीले बताउनुभयो । नेपाली टोलीलाई ‘इंग्ल्यान्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामनाका साथै उहाँले विजयीको शुभकामना समेत दिनुभएको छ ।