Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा वर्षा-हिमपातको सम्भावना


117
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आइतबार बिहान तराई भू-भागका अधिकांश स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु र कुहिरो लागिरहेको हो । साथै देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, आइतबा दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको हो। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने भएको हो । कोशी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।