Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


रामेछापमा ५ लाखको राशीको ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ घोषणा


91
Shares

शंकर बरुवाल, रामेछाप ।

प्रेस चौतारी नेपाल रामेछापले ५ लाख रुपैयाँ राशीको ‘पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवस तथा विशेष पत्रकारिता पुरस्कार–२०८२ वितरण समारोहका अवसरमा शनिबार सो पुरस्कारको घोषणा गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कारका लागि नेकपा एमालेका नेता एवं समाजसेवी रत्नप्रसाद गौतमले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । समाजसेवी गौतमले वार्षिक १ लाख रुपैयाँका दरले ५ वर्षमा ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रेस चौतारी रामेछापका सचिव डोर शंकर बरुवालले जानकारी दिनुभयो ।

प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य तथा पत्रकार महासंघका केन्द्रिय सदस्य नवराज पथिकले कार्यक्रममा पुरस्कारको घोषणा गर्नुभएको थियो । अक्षयकोषमा रहने उक्त रकमको ब्याजबाट वार्षिक २० हजार रुपैयाँका दरले क्रियाशील एक जना पत्रकारलाई हरेक वर्ष पुरस्कृत गरिने प्रेस चौतारी रामेछापका अध्यक्ष लेखबहादुर विकले बताउनुभयो ।
रामेछाप जिल्ला ‘तीनलाल’ को जिल्लाका रुपमा समेत परिचित छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी र महान सहिद गंगालाल श्रेष्ठको जन्मभूमि रहेको यस जिल्लामा उनीहरुको योगदानलाई पत्रकारिताको माध्यमबाट जीवन्त राख्न यो पुरस्कारले टेवा पुर्‍याउने अध्यक्ष विकले बताउनुभयो ।