Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


मस्जिदमा विष्फोट हुँदा ३१ जनाको मृत्यु


416
Shares

काठमाडाैं । पाकिस्तानको संघीय राजधानी इस्लामावादमा शुक्रवारको प्रार्थनाको समयमा एक मस्जिदमा भएको शक्तिशाली विष्फोटमा परी ३१ जनाको मृत्यु भएको छ ।

करिव १७० जना घाइते भएका छन् । इस्लामावादका डेपुटी कमिश्नर इरफान नवाज मेमनकाअनुसार यो विष्फोट शहजाद टाउन क्षेत्रमा अवस्थित शिया मस्जिदमा भएको हो । जसका कारण नजिकैका प्रमुख अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

घाइतेहरूको इस्लामावाद र छिमेकी सहर रावलपिण्डीका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको र गम्भीर घाइतेहरूको संख्या उच्च रहेकाले मृतकको संख्या बढ्नसक्ने चेतावनी अधिकारीहरूले दिएका छन् । विष्फोटपश्चात सुरक्षा बल र उद्धार टोलीले घटनास्थललाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेका छन् भने प्रत्यक्षदर्शीहरूले मस्जिदको प्रवेशद्वारमा रोकिएपछि एक आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराएको बताएका छन् ।

हालसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी नलिएको भए तापनि पाकिस्तानी तालिवान र इस्लामिक स्टेट जस्ता लडाकु समूहहरू यसअघि यस्ता गतिविधिमा संलग्न रहँदै आएका छन् । प्रधानमन्त्री शहबाज सरिफले यस कायरतापूर्ण आक्रमणको कडा शब्दमा निन्दा गर्दै निर्दोष नागरिकहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।