Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


को हुन् सुनिल थापा अर्थात ‘राते काँइला’


4.1k
Shares

काठमाडाैं । नेपाली फिल्मका दिग्गज अभिनेता सुनिल थापा जसलाई सिनेमा क्षेत्रले लोकप्रियताका साथ “राते काँइला” भनेर पनि चिन्थे, आज बिहान हृदयाघातका कारण नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा निधन भएको छ । उनी ६८ वर्षका थिए र लामो समय नेपाली तथा भारतीय फिल्ममा आफ्ना अभिनयले दर्शक मन जितेका कलाकार थिए ।

अस्पताल स्रोतका अनुसार उनकाे स्वास्थ्य अवस्था बिग्रिएकोले आपतकालिन रुपमा बिहान ९:४४मा नै (ECG) परीक्षणपछि हृदयाघात पुष्टि भएकाे जनाएकाे छ ।

सुनिल थापा नेपाली चलचित्रमा मात्र होइन, भारतीय बलिउड र भोजपुरी फिल्ममा समेत पहिचान बनाएका अभिनेता थिए । उनी खलनायकका भूमिकाका लागि सर्वाधिक चर्चित थिए । विशेष गरी १९८९ को नेपाली फिल्म चिनोमा निभाएको ‘राते काँइला’ पात्रले उनलाई घर–घरमा प्रसिद्धि दिलाएकाे थियाे । यो भूमिकाले उनलाई नेपाली सिनेमा जगतमा एक प्रतिष्ठित खलनायक कलाकारको रूपमा स्थापित गर्‍यो ।

थापाको जन्म १९ मे १९६० मा नेपालमा भएको थियो । उनले आफ्नो करियरको यात्रा बलिउड फिल्म एक दुजेकेलिए (Ek Duuje Ke Liye) बाट सुरु गरेका थिए र त्यसपछि तमिल, हिन्दी, भोजपुरी र नेपाली चलचित्रमा सशक्त अभिनय प्रस्तुत गर्दै आएका थिए । उनले करिव ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।

नेपाली फिल्म क्षेत्रमा उनले खलनायक भूमिकालाई सम्मान र भावनात्मक दिएका थिए । नेपाली दर्शकले ‘राते काँइला’ भन्ने नामलाई सुनील थापाको प्रभावशाली अभिनय सम्झने गर्दथे । उनको संवाद शैली, दृश्यात्मक उपस्थितिले नेपाली सिनेमा प्रेमीबीच ऐक्यबद्धता बनाएको थियो ।

थापाले बलिउड फिल्म मेरिकाेम (Mary Kom) मा सहायक भूमिकामा प्रदर्शन गरेका थिए, जसका लागि उनलाई फिल्मफेयर अवार्डमा नामांकनसमेत गरियो । यसले उनको अभिनय क्षमताको अन्तर्राष्ट्रिय मञ्चमा पनि सम्मान पुर्‍याएको थियो ।

सह–अभिनेता, निर्माता, निर्देशक तथा चलचित्रकर्मीहरू थापाको निधनमा दुःख व्यक्त गर्दै, नेपाली सिनेमा एक प्रतिभाशाली कलाकार गुमाएको बताएका छन् ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको अभिनय र योगदानलाई उच्च सम्मानका साथ सम्झँदै सिनेमा प्रेमीहरुको मनमा सदैव उज्यालो रहने बताएका छन् ।

उनका परिवारका सदस्यहरु हाल भारत मुम्बईमा बस्दै आएका छन् । शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको पारिवारिक सदस्यहरु काठमाडौँ आइपुगेपछि अन्त्येष्टि तथा अन्तिम संस्कारसम्बन्धी थप तयारी सुरु हुने कलाकार संघले जनाएकाे छ ।

आज नेपाली फिल्म जगतले एक प्रतिष्ठित कलाकार गुमाएको छ । सुनील थापाको “राते काँइला” स्वरुपले उनी चलचित्र प्रेमीका मनमा सदैव अमिट रहिरहनेछ ।

याे पनि