काठमाडाैं । नेपाल–चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन् ।
‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं अनुसन्धानकर्ता रोयल आचार्यले चीनको आगामी पञ्चवर्षीय योजना र नेपालका अवसरबारे कार्यपत्र प्रश्तुत गरेका हुन् ।
उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्यीय योजनाका विशेयता समेटिएको थियो । राषिय सुरक्षा र दिगो विकास, युवा केन्द्रित नीति, सीपमा आधारित नीति, सेवामूलक कारणबारे, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास, लगानी लगायतका विषय योजनामा समेटिएका छन् ।
उनको प्रतिवेदनमागि डा. रघु वाग्ले र डा मुक्ति रिजालले टिप्पणी गर्नुभयो । विकासको दीर्घकालीन सोच र कार्यबारे चीनसँग सिक्नुपर्ने उनीहरूको भनाइ छ । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, जलस्रोविद् कृष्णप्रसाद भण्डारी र राप्रपाका नेता श्याम घिमिरेलाई सम्मान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस्