Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको इरानी अधिकारीहरुको प्रतिक्रिया


234
Shares

एजेन्सी ।
इरान र अमेरिकाबीच भएको वार्ता सकारात्मक रहेको इरानी अधिकारीहरुले जानकारी दिएका छन् ।

ओमानको मध्यस्थतामा भएको वार्तालाई सकारात्मक भनेर वार्ताका सहभागिहरुले वर्णन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका हुन् । तर वार्ताले अमेरिकी आक्रमणको बढ्दो डरलाई कम गर्न कुनै पनि ठोस रोडम्याप प्रदान नगरेको बताईएको छ ।

ओमानको राजधानी मस्कटमा भएको हिजोको वार्तामा इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्नुभएको थियो भने अमेरिकाले विशेष दूत स्टीव विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरलाई पठाएको थियो ।

वार्तापछि इरानी विदेशमन्त्री अराघचीले दुई देशले शीर्षतहमा छलफल गरेपछि थप चरणहरू कसरी अगाडि बढाउने भन्ने निर्णय लिइने बताउनुभएको छ । वार्ताको केन्द्रमा इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र क्षेत्रीय सुरक्षा रहेको छ । अमेरिकाले वार्ताबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।