एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा करिब ७० जनाको ज्यान गएको छ ।
प्रार्थनाको समयमा शुक्रबार दिउँसाे एक मस्जिदमा भएको विस्फोटमा साढे २ सय जना भन्दा बढी घाइते भएकाे बीबीसीले जनाएको हाे । जिल्ला प्रशासनका प्रवक्ताले शहरका ३ वटा अस्पतालमा आपत्काल घोषणा गरिएको बताएका छन् । साथै घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू खटाइएको उनले बताएका हुन् । गृहमन्त्री मोहसिन नक्वीको निर्देशनमा गृह राज्यमन्त्री तलाल चौधरीले इस्लामाबादको पिम्स अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकाे जनाइएकाे छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले विस्फोटको निन्दा गर्नुभएको हाे । उहाँले विस्फोटमा ज्यान गुमाएकाप्रति दुःख र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ । यसअघि गत नोभेम्बर ११ तारिखमा इस्लामाबादमा भएको आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो ।
विस्फोटमा परी २७ जना घाइते भएका थिए ।





प्रतिक्रिया दिनुहोस्