काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको सन्देश प्रभावकारी रूपमा मतदाता माझमा पुर्याउन सके आगामी फागुन २१ गते हुने निर्वाचनमा पार्टीले शानदार परिणाम ल्याउने दावी गर्नुभएको छ ।
कांग्रेस गण्डकी प्रदेश कार्यसमिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले यस्ताे दावी गर्नुभएको हो । उहाँले अगामी निर्वाचनमा पार्टीको जित कार्यकर्ता र नेतृत्वको सक्रियतामा निर्भर रहेको उल्लेख गर्दै सोही अनुसार मेहनत गर्न नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । उहाँले विगतको निर्वाचनमा कांग्रेससँग असन्तुष्ट बनेका मतदातासँग सम्पर्क बढाउँदै पार्टीको सन्देशकाे बारेमा जानकारी दिनुपर्ने बताउनुभएकाे छ ।
सभापति थापाले जेनजी नवपुस्तासँग समेत छलफल गर्नेगरी आफूहरु अघि बढिरहेको बताउनुभयो । उहाँले पार्टीभित्र रहेको असन्तुष्टि र मतभिन्नताको समस्या समेत निर्मूल हुँदै गइरहेको बताउनुभएकाे छ। उहाँले निर्वाचनमा पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पूर्वसभापति शेरबहादुर देउवा लगायतसँग निरन्तर संवाद भइरहेको समेत बताउनुभयो ।
अबको सरकार कांग्रेसको मात्रै नभनी ‘अबकी बार सय पार’का नारा लगाउन समेत कार्यकर्तालाई सभापति थापाको आग्रह छ ।





प्रतिक्रिया दिनुहोस्