Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


कोशीसहित २ प्रदेशमा भोलिदेखि वर्षा र हिमपात हुने

तराईका अधिकांश भू-भागमा भने हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित

975
Shares

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हस्सु र तुवाँलो लागिरहेको हो। देशको पहाडी र हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीवन प्रभावित हुने भएको हो। कोशी र गण्डकी प्रदेशको पहाडी- हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागको भने मौसम मुख्यतया सफा रहेने महाशाखाले जनाएको हो।

त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागको भने मौसम मुख्यतया सफा रहेने भएको छ।

त्यसैगरी कोशी र गण्डकी प्रदेशको उच्च पहाडी- हिमाली भू-भागका केही स्थानमा भने शनिबार दिउँसोदेखि हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।