Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गाडीको ठक्करबाट चार वर्षीय बालिकाकाे मृत्यु


546
Shares

रौतहट ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

रौतहटको इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिक खेलिरहेकी चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको हो ।

रास्वपाको चुनावी प्रचारमा प्रयोग भइरहेको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी खातुनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको हो ।

ठक्करपछि बालिकालाई उपचारका लागि अस्पताल पु¥याए पनि चालक अस्पताल पु¥याएलगत्तै फरार भएका थिए भने उम्मेदवार पनि फरार भएका छन् ।