पोखरा ।
गण्डकी प्रदेश सभाले बिहिबार पोखरामा आठौं स्थापना दिवस मनाएको छ ।
प्रदेशसभा स्थापना दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । प्रदेश सभा स्थापना दिवसको मुल समारोहलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्दै संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाका सञ्चालन भएसंगै प्रदेशको राजस्वमा वृद्धि भएको बताउनुभयो । उपल्लो मुस्ताङमा विदेशी पर्यटकका लागि प्रवेश शुल्क एकमुष्ट पाँच सय डलरबाट घटाएर प्रति दिन ५० डलरमा झारिएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्व मूख्यन्त्री खगराज अधिकारी, विपक्षी दलका नेता हरिबहादुर चुमान लगायतले संविधानको सही र पूर्ण कार्यान्वयन भए मात्र प्रदेशले अझै परिणाम ल्याउने गरी काम गर्नसक्ने बताएका थिए । गण्डकी प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा माघ २२ गतेको दिनलाई गण्डकी प्रदेश स्थापना दिवसका रूपमा मनाउँदै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्