Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


शेयर बजारमा दोहोरो अंकको सुधार


117
Shares

काठमाडाैं ।
निर्वाचन नजिकिएसंगै शेयर बजारका लगानीकर्ता केही उत्साही भएको देखिएको छ । पछिल्ला दिन ओरालो लाग्दै आएको शेयर बजारमा साताको अन्तिम दिन दोहोरो अंकको सुधार आयो ।

अधिकांश समूहमा हरियाली छाउँदा कारोबार पनि सुधारिएर साढें ११ अर्बमाथि पुग्यो । उतार चढावबीच नेप्से २७ अंकले उकालो लागेर २७ सय ८ मा पुग्यो । व्यापार नगन्य अंकले मात्र रातो रहेबाहेक अरु सबै समूह सकारात्मक रहे ।

अन्य र निर्जीबन जीवन बीमा समूह २ प्रतिशत बराबरले उकालो लाग्दा जलविद्युत, लगानी र जीवन बीमा समूह १ प्रतिशत बढीले बढे । बाँकी समूह सामान्य अंकले सकारात्मक रहे । यसदिन नेपाल स्टक एक्सचेन्जमा ३ सय २६ कम्पनीको ३ करोड ५५ लाख कित्ता शेयर ११ अर्ब ५८ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन पनि कालिन्चोक दर्शन, सुपर माइ हाइड्रो, मोदी इनर्जीलगायत आधा दर्जन कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए । यसदिन यूनियन हाइड्रो र राधी विद्युतका शेयर सर्वाधिक ५८ करोड बराबरमा किनबेभ भए ।