काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताउनुभएको छ ।
झापावासीहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताउनुभयो । उहाँले पहिलेदेखि नै यस्तो सम्भावनाकाे बारेमा सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताउनुभएकाे छ। उहाँले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको दावी गर्नुभयाे ।
प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्नेहरु बेकुफ वा अपराधी भएको बताउनुभएकाे छ । उहाँको यो अभिव्यक्ति भदौ २३ गतेको जेनजी प्रदर्शन तथा हिंसात्मक घटनासँग सम्बन्धित छ । जसमा प्रदर्शनकारीहरूको आक्रमण र आगजनी तथा प्रहरीको कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो । सोही घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले पटक–पटक गोली चलाउने आदेश नदिएको दावी गर्दै आउनुभएको छ ।
अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरुले विभिन्न आरोप लगाइरहे पनि यथार्थ कुरा आम नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्