काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ।
बुधबार प्रतितोला १४ हजार ४ सय रूपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा ९ हजार ५ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २ सय रूपैयाँ पुगेको जनाएकाे छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार तोलामा ५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार भने ४ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे । यो मूल्य बुधबारको तुलनामा प्रतितोला ६ सय २० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ८ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।





प्रतिक्रिया दिनुहोस्