Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


खाना पकाउने ग्याँस आजदेखि सहज हुने निगमको दावी


429
Shares

काठमाडाैं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज हुने र अभाव हट्ने दावी गरेको छ ।

सहजै ग्याँस पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेकाे समयमा निगमले अब सहज बन्दै जाने दावी गरेकाे हाे । माघ लागे यता मुख्य गरी काठमाडाैं उपत्यकामा ग्याँसको अभाव भएकाे छ । उपभोक्ताले पालो पर्खिनुपर्ने बाध्यता छ । बिक्रेताले ग्याँस छैन भन्दै फर्काउने गरेको र डिपोहरूले समेत अभावले आपूर्तिमा समस्या रहेको बताएका हुन् । जाडोमा ग्याँसको खपत केही बढ्ने र समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आउने गरेको छ । निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरले अहिले देशैभरी रहेका ६० वटा उद्योगमा भारतबाट आएको ग्याँस उपलब्ध गराएको बताउनुभयाे। निगमले बजारलाई सामान्य अवस्थामा फर्काउन उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।

साथै चुनावका लागि लक्षित गरी थप २ हजार मेट्रिक टन ग्याँस आयात गर्ने तयारी भैरहेको प्रवक्ता ठाकुरले बताउनुभयो ।