काठमाडौं । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा माघ २१ गते प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिएको उल्लेख गरिएको हो ।
प्रदेश स्थापना दिवसलाई औपचारिकरूपमा विभिन्न कार्यक्रम गरी मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्