Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


काठमाडौंको चुनीखेल नयाँबस्तीमा आगलागी, २४ परिवार विस्थापित


715
Shares

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ ।

मंगलबार राति पौने ११ बजेतिरदेखि शुरू भएको आगो निभाउन करिब ३ घण्टा लागेको थियो । काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको हो । आगो लागे लगत्तै ७ जनालाई उद्धार गरिएको थियो । आगलागीका कारण २४ परिवार विस्थापित भएका छन् । आगोले लामो टहरा र त्यहाँ रहेका सरसामान सबै जलेर नष्ट भएका वडाअध्यक्ष टीकानारायण श्रेष्ठले बताउनुभयो । उहाँले विस्थापितलाई नजिकैका अरु टहरामा राखिएको बताउनुभएको छ ।

उनीहरुलाई खाद्यान्न र लत्ताकपडा लगायतका राहत उपलब्ध गराउने तयारी भइरहेको छ । बिजुली सट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन भने बाँकी रहेका प्रहरीले बताएको हो ।