काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
बुधबार बिहान बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको हो। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकोे छ । बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, बुधबार राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको हो । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्