काठमाडाैं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानाे संसद,षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की न स्वीकार्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेले देश अब अन्तिम परिवर्तनको तयारीमा रहेको बताउँदै पुराना शक्तिहरूलाई रास्वपाको ‘सुनामी’ रोक्न चुनौती दिएका हुन्।
‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ,’ लामिछानेले लेखेका छन्, ‘मेरो खुला आग्रह छ, अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ।’
उनले जनविद्रोह र मतपत्रमार्फत उखेलेर फालिने पुरानो संसदलाई कुनै पनि षडयन्त्र वा चलखेलबाट फर्काउने प्रयास भए त्याे स्वीकार्य नहुने चेतावनी समेत दिएका छन्।
सामान्य चोटको संक्रमणका कारण केही दिन अस्पताल र घरमा आराम गरेर सार्वजनिक जीवनमा फर्किएका लामिछानेले अबको आफ्नो यात्रा सिंहदरबार बदल्ने ‘निलो क्रान्ति’ का लागि हुने बताए। उनले भने, ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दैछु घण्टीमा भोट। दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको विष निकाल्न माग्नेछु तपाईंको भोट मागेकाे बताएका छन् ।








प्रतिक्रिया दिनुहोस्