Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सरकार र निर्वाचन आयोगले चुनावको वातावरण बनाउनुपर्ने आवश्यकता छः पुष्पा भुसाल


104
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने जिम्मेवारी सरकारको रहेको बताउनुभएको छ । 

मंगलवार काठमाडौंमा आयोजित निर्वाचन सम्बन्धि विज्ञहरुसँगको सम्वाद कार्यक्रममा बोल्दै उहाँले सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उपसभापति भुसालले राजनीतिक दलहरु भने निर्वाचनको मैदानमा गइसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै त्यो काम नयाँ बन्ने संसदले गर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सबै पार्टीहरुले उम्मेदवार तय गरेर निर्वाचनमा होमिईसकेको र निर्वाचनका लागि संरचना बनाईसकेको र त्यही अनुसारको प्रचारप्रसार गरेर दलहरु निर्वाचनमा गइसकेको अवस्थामा छ । राजनीतिक दलहरु चुनावी मैदानमा गइसकेकाले त्यसका लागि वातावरण बनाउने काम सरकार र निर्वाचन आयोगको हो । हामी धेरै चोटी निर्वाचन लडिसकेको अवस्थामा उम्मेदवारले त्यसको अपेक्षा सरकारबाट पनि गर्छ, निर्वाचन आयोगबाट पनि गर्छ । औपचारिक ढंगले त्यसको तयारी गर्ने भनेको सरकार र निर्वाचन आयोगले नै गर्ने हो । संविधान संशोधन यो निरन्तर सम्वादमा जाने प्रक्रिया हो । समयको आवश्यकताअनुसार संविधान संशोधन हुन्छ । अव नयाँ बन्ने पार्लियामेन्टले त्यसको जिम्मेवारी लिन्छ ।’
उपसभापति भुसालले काँग्रेसले निर्वाचनको लागि घोषणा पत्र तयारीको कामलाई अन्तिम चरणमा पुर्‍याएको पनि बताउनुभएकाे छ ।