Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


शेयर बजार फेरि ओरालो


156
Shares

काठमाडाैं ।
सोमबार झिनो अंकले सकारात्मक बनेको शेयर बजार आज पुनः दोहोरो अंकले ओरालो लागेकाे छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर २६ सय ८३ कायम भएर थामिएकाे छ । होटल, सामूहिक लगानी कोष र उत्पादनमूलक समूह बाहेक अरु समूह ओरालो लागेका छन् ।

होटल तथा पर्यटन समूह करिब २ प्रतिशतले उकालो लागेकाे छ । वित्त र जलविद्युत समूह १ प्रतिशत हाराहारीले ओरालो लागेका छन् । अरु सामान्य दरले ऋणात्मक रहेका छन् ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा ३ सय ३२ स्टकको १ करोड ८७ लाख कित्ता शेयर ८ अर्ब ६३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

घटेको बजारमा पनि कालिन्चोक दर्शन र एचएलआई लार्ज क्यापका लगानीकर्ताले १० प्रतिशत बराबर कमाएका छन् । यसदिन पनि एसवाई प्यानलको सर्वाधिक झण्डै ६० करोडको कारोबार भएकाे छ ।