Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


कांग्रेस निर्वाचन परिचालन समिति


299
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेतालाई परिचालन गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्न लागेको हो ।

समितिले जनमत बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने उपाय समेत खोजी गर्ने बताइएको छ । कोशी प्रदेशमा सहमहामन्त्री डा. डिला संग्रौला नेतृत्वमा सहमहामन्त्री भिष्मराज आङ्देम्बे, कोशीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू खटिएका छन् ।

मधेस प्रदेशमा सहमहामन्त्री मुक्ताकुमारी यादवको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरू तथा पूर्वपदाधिकारीहरूले वस्तुस्थिति बुझ्ने काम गर्नेछन् । बागमती प्रदेशमा सहमहामन्त्री बहादुर सिंह लामाको नेतृत्वमा वर्तमान र निवर्तमान केन्द्रीय सदस्यहरूसहितका नेताहरू खटिएका छन् ।

गण्डकी प्रदेशमा केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र अब्दुल सतार, लुम्बिनी प्रदेशमा सहमहामन्त्री योगेन्द्र चौधरीले पुराना र नयाँ नेताहरूसँग समन्वय गरेर वस्तुस्थिति बुझ्ने काम गरिरहेका छन् ।

कर्णालीमा सहमहामन्त्री कर्णबहादुर बुढासँग समन्वय गरेर केन्द्रीय सदस्य जानकी सिंहलगायतले काम गरेका छन । सुदुरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यहरू भरत खड्का र हिम रावलसहितका नेताहरूलाई खटाइएको छ ।