काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य मंगलबार फेरी बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रूपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ३ हजार ७ सय रूफैयाँ बढी हो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार तोलामा ५ हजार २ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार ५ हजार ३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको हाे। यो मूल्य साेमबारको तुलनामा प्रतितोला १ सय ५ ३५ रूपैयाँले बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ८ सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे।





प्रतिक्रिया दिनुहोस्