काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्की पहिलो संसदको रोष्टममा उभिएर सम्बोधन गर्दै आफु बाध्यात्मक रुपमा सरकारको नेतृत्वमा पुगेको दोहोब्याउँदै आफूलाई दिएको दायित्व पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री भएकै दिन प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्नुभएकी प्रधानमन्त्री कार्कीले सदनमा सरकारको दायित्व, मन्त्रीहरुको राजीनामादेखि सुशासनको मार्गचित्रसम्मका विषयमा सरकारको सन्देश प्रवाह गर्नुभयो । राष्ट्रियसभाको वैठकमा पेश भएको सदाचार नीतिमाथि उठेका विषयमा जवाफ दिन पहिलो पटक सदन पुग्नभएकी प्रधानन्त्री कार्कीले सुरुमै बाध्यात्मक परिस्थितिले यो स्थानमा पुगेको भन्दै पटक पटक स्पष्टिकरण पेश गर्नुभयो ।
प्रधानमन्त्री सुशिला कार्कीले पहिलो पटक सदनको रोष्टमबाट बोल्दै गर्दा मुल विषय प्रवेश गर्नु अगाडि नै प्रधानमन्त्री कार्कीले आफु सरकारमा जानुपर्ने बाध्यताका विषयमा स्पष्टिकरण पेश गर्नुभएको थियो । सरकार जिम्मेवारीको अन्तिम चरणमा रहेको र जननिर्वाचित सरकालाई हस्तान्तरण गर्न हतारिएको बताएकी प्रधानमन्त्रीले अवको निर्वाचन जनप्रतिनिधि मात्रै आउने नियमित प्रक्रिया नभएर नेपालको राजनीतिको प्रस्थान विन्दुको रुपमा स्थापित हुनुपर्ने धारणा समेत राख्नुभयो ।
प्रधानमन्त्री सदन पुगेको अवसरमा राष्ट्रियसभा सदस्यहरुको प्रश्न थियो– जनप्रतिनिधिहरु कार्यकाल पुरा नगर्दै माथिल्लो तहको निर्वाचनमा जानु कति उचित हो त ? त्यही मात्रै नभएर उनिहरुले अन्तरिम सरकारका मन्त्रीहरु चुनावमा जाने विषय माथि समेत प्रश्न उठाएका थिए । यसरी उठेका प्रश्नमा जनप्रतिनिधिहरुको विषयमा प्रधानमन्त्रीसँग उत्तर नभए पनि आफ्नो सरकारबाट गएका मन्त्रीहरुको विषयमा भने ल्याउनै पर्ने दवावका कारण लिएको जवाफ दिनुभयो ।
उहाँको भनाई थियो– जेनजीको दवावका कारण ल्याउनु परेको र समय आएपछि गएकाले यसलाई अन्यथा मान्नु नहुने स्पष्टिकरण समेत दिनुभयो । सरकारले सुशासनको मार्गचित्र बनाइरहेको जवाफ दिनुभएकी प्रधानमन्त्री कार्कीले सरकारमाथि अमुक दलप्रति निकट रहेको भन्ने आरोप भने अस्वीकार गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्