Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


जीतेन्द्र नारायण देवद्वारा एमाले परित्यागको घोषणा


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता जीतेन्द्र नारायण देवले पार्टी परित्यागको घोषणा गर्नुभएकाे छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उहाँले एमाले छाडेको जानकारी दिनुभएकाे हाे ।

विज्ञप्तिमा देवले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतर्फ धकेलिएको आरोप लगाउनुभएकाे छ । साथै, स्वेच्छाचारी र विभेदकारी शैलीमा पार्टी सञ्चालन गरिएको उहाँकाे दाबी छ।

एमालेको विचार, नीति र व्यवहारसँग सहमत हुन नसकेर पार्टी परित्याग गर्न बाध्य भएको देवको भनाइ छ। उहाँले ‘जेनजी आन्दोलन’लाई विदेशी षड्यन्त्रका रूपमा चित्रण गरिएकोप्रति पनि आपत्ति जनाउनुभएकाे छ । देव दुई वर्षअघि नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थियाे।