Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


रास्वपा सभापति लामिछानेको दोहोरो पासपोर्ट सम्बन्धी मुद्दाकाे आज पेशी


1.2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानी सम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा साेमबार पेशी तोकिएको छ ।

अधिवक्ता युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटमा साेमबार सुनुवाइ हुन लागेको हो । लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै उहाँले रिट दायर गर्नुभएकाे थियाे ।

न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिए पनि १२ औं नम्बरमा परेकाले साेमबार सुनुवाइ हुने सम्भावना कम रहेको छ । यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने आदेश दिएको थियो । अदालतले राहदानी सम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग सभापति लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको थियो । उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइका लागि पेशी चढेको हो ।

लामिछानेले अदालतको फैसलापछि नेपाली नागरिकता पुनः प्राप्ति गरे पनि दोहोरो राहदानी बोकेको मुद्दा बाँकी थियो । सोही मुद्दा नचल्ने निर्णय भएपछि त्यसविरुद्ध रिट परेको थियो ।