Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


आईसीसी टी-२० विश्वकमा सहभागी हुने पाकिस्तानको निर्णय


1.3k
Shares

काठमाडाैं । पाकिस्तानले पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप २०२६ मा सहभागी गराउने निर्णय गरेको छ ।

तर पाकिस्तानले समूह चरणमा भारतसँग श्रीलंकामा हुने खेल भने नखेल्ने जनाएको हाे । आगामी फागुन ३ गतेका लागि तय भएको भारतसँगको खेल नखेल्ने निर्णय पाकिस्तान सरकारले आफ्नो आधिकारिक एक्समार्फत सार्वजनिक गरेको हो । यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले पत्रकार सम्मेलनमा आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाउँदै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को प्रभावमा रहेको दावी गरेका थिए ।

यो घोषणा पाकिस्तानका प्रधानमन्त्री मियाँ मुहम्मद शेहबाज शरीफ र पीसीबी अध्यक्ष नक्वीबीच भएको महत्त्वपूर्ण बैठक सकिएको केही मिनेटमै सार्वजनिक गरिएको हो । यो विषयमा विभिन्न छलफल भए पनि सहमति हुन नसकेपछि आईसीसीले प्रतियोगिताको तालिका यथावत् रहने भन्दै बंगलादेशको अपिल अस्वीकार गरेको थियो । साथै २४ घण्टाको समयसीमा पनि दिएको थियो । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप यहि माघ २४ गतेदेखि शुरू हुँदैछ ।

साेही प्रतियोगितामा नेपालसहित २० टोली सहभागी हुने भएका छन् ।