Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


आहा राराकप आगामी साता शुरु हुने


234
Shares

पोखरा ।
आहा रारा कप फुटबल प्रतियोगिता आगामी साता पोखरामा शुरु हुने भएको छ ।

पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी साँझमा समेत खेलाइने यस प्रतियोगितामा यो वर्ष १२ टीम सहभागी हुने भएका छन् ।

आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापाले माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालन हुने आहा रारा गोल्डकपमा १२ टोलीको सहभागिता रहने निश्चित भएको जानकारी दिनुभयो ।

केशवबहादुर थापा, अध्यक्ष, सहारा क्लव, पोखरा ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने उद्देश्यसहित आयोजना गरिने प्रतियोगितामा यो वर्ष पुरस्कार राशि बढाएर १४ लाख १ हजार रुपैयाँ पुर्‍याइएको छ । यस्तै दोस्रो हुनेलाई सात लाख १ हजार रुपैयाँ दिइने छ ।

प्रतियोगितामा आयोजक सहारा क्लबसहित नेपाल पुलिस क्लब, मनाङ मर्स्याङदी क्लब, ब्वाइज युनाइटेड, एपिएफ क्लब, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, प्लानिङ ब्वाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, आभ फुटबल क्लब उज्वेकिस्तान र भारतको अर्को एक टिमको सहभागि हुने जनाइएको छ । विभागतीय टोलीहरु मध्ये त्रिभुवन आर्मी क्लव भने यस पटक सहभागी नहुने भएको छ ।