Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


चलचित्र विकास बोर्डमा पत्रकार दिनेश सिटौलाकाे श्रद्धाञ्जली सभा


546
Shares

काठमाडाैं । स्वर्गीय पत्रकार दिनेश सिटौलाप्रति चलचित्र विकास बोर्डमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा चलचित्र क्षेत्रका पदाधिकारी, पत्रकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ। श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर पशुपति आर्यघाट लगिनेछ।

ग्राण्डी अस्पतालका अनुसार सिटौलाको आइतबार १२:४५ बजे निधन भएको हो । चिकित्सकीय प्रोटोकलअनुसार गरिएको एप्निया परीक्षण पोजिटिभ आएपछि उनलाई मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग सुदूरपश्चिम भ्रमणमा रहेका सिटौला अछाममा अचानक बेहोस भएका थिए। प्रारम्भिक उपचारपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका उनी गम्भीर हेमोरेजका कारण आईसीयूमा उपचाररत थिए।

४८ घण्टासम्म पनि न्यूरोलोजिकल अवस्थामा सुधार नदेखिएपछि उनको निधन भएको हो। स्वर्गीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत थिए। c