Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


कंगोमा खानी दुर्घटना हुँदा २०० मजदुरको मृत्यु


221
Shares

काठमाडौं ।
अफ्रिकी देश कङ्गोको रुबाया क्षेत्रको कोल्टान खानीमा भएको दुर्घटनामा कम्तीमा २ सयजना मजदुरको ज्यान गएको छ ।

‘मार्च–२३’ आन्दोलन नामक विद्रोही समूहका एक प्रवक्ताले घटनाको पुष्टि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् । खानी सुरुङ अचानक भत्किँदा अधिकांश मजदुरहरु खानीभित्रै पुरिएका छन् ।

ज्यान गुमाउने महिला र बालबालिकासमेत रहेका छन् । बुधवार र बिहीवार रुबाया क्षेत्रका फरक–फरक कोल्टान खानीहरूमा एकपछि अर्को गर्दै सुरुङ भत्किने घटना भएको हो । रुबाया क्षेत्र सन् २०२४ को अप्रिल महिनादेखि एम–२३ विद्रोही समूहको नियन्त्रणमा रहेको छ ।

जसका कारण उद्धार तथा राहत कार्यमा कठिनाइ उत्पन्न भएको बताईएको छ । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार रुबाया क्षेत्रका खानीहरूले विश्वव्यापी टान्टालम आपूर्तिको झन्डै १५ प्रतिशत हिस्सा उत्पादन गर्दै आएका छन् । ज्यान गुमाउनेको यकिन पहिचान र विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।