Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पत्रकार दिनेश सिटौलाको निधन


1.1k
Shares

काठमाडाैं । चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो ।

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।

त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ भएकाे अस्पतालले जनाएकाे छ ।