Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


पाकिस्तानमा भीषण आक्रमणमा परी १० सुरक्षाकर्मी र ८८ जना आतंककारीको मृत्यु

आक्रमणमा परी कैयौं सुरक्षाकर्मी घाइते

598
Shares

काठमाडाैं । पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी समूहको ठूलो आक्रमणलाई विफल पार्ने क्रममा १० जना सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ ।

सुरक्षा बलले गत ४८ घण्टामा उक्त क्षेत्रमा कुल ८८ जना आतंककारी मृत्यु भएकाे जनाएकाे हाे । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मी’ले शनिबार बिहानै क्वेटा, नोस्की र ग्वादर जिल्लासहित एक दर्जन भन्दा बढी स्थानहरूमा एकैसाथ आक्रमण शुरु गरेको थियो । स्रोतका अनुसार यी आक्रमणहरू विशेषगरी सुरक्षा निकायका प्रतिष्ठान र सरकारी लक्ष्यहरूमा केन्द्रित थिए । पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कोप्रेशन र बलुचिस्तान प्रहरीले तत्काल जवाफी कारबाही गर्दै भीषण गोलाबारीपछि लडाकूहरूको योजना असफल तुल्याएको स्रोतले उल्लेख गरेको छ ।

साेही हिंसात्मक भीडन्तमा कैयौं सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षा स्रोतले हाल प्रभावित क्षेत्रहरूमा बाँकी रहेका लडाकूहरूको खोजी गर्न र सुरक्षा व्यवस्था दुरुस्त पार्न स्यानिटाइजेसन अपरेशन जारी राखिएको जनाएकाे हाे ।