Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


नेपाली कम्युनिष्ट पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधारः नेता खतिवडा


130
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गर्नुभएको छ । 

सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उहाँले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित पार्टी नै नेपाली कम्युनिष्ट पार्टी भएको बताउनुभएको हो । उहाँकाअनुसार नेपाली कम्युनिष्ट पार्टी समाजवादको लक्ष्य हासिल गर्न दौडने शक्तिहरूको संयोग हो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति इंगित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने शक्तिहरुले साम्राज्यवादी शक्तिको आडमा जेन–जी आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाउनु भयो । साम्राज्यवादी शक्तिको आडमा राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उहाँको दाबी छ ।

यस्ता शक्तिहरूप्रति सचेत नहुँदा कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न नसक्ने उहाँले बताउनु भयो । नेता खतिवडाले कम्युनिष्ट आन्दोलनको रक्षा नगरी समाजवादको दिशामा पुग्न नसकिने उल्लेख गर्नुहुँदै समाजवाद जनताको जीवनस्तर परिवर्तन गर्ने लक्ष्यसहितको मार्ग भएको बताउनु भयो । उहाँले पार्टी सधैँ विचारसहितको विकासको पक्षमा रहेको र माक्र्सवाद–लेनिनवादलाई आफ्नो वैचारिक आधार मानेर अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘आजको कम्युनिष्ट आन्दोलनको मुलधार नेपाली कम्युनिष्ट पार्टी हो, अरु कोही होईन, हिजोका चुनावले कुनै एउटा दललाई बढी जनमत दियो होला, त्यो चुनावको संयोग हो । तर आजको नेपाली कम्युनिष्ट पार्टी विचारको संयोग हो । सिद्धान्तको संयोग हो र भावी दिनमा समाजवादको लक्ष्य प्राप्त गर्नको निन्ति दौडने शक्तिको संयोग हो । यो तपाई हाम्रो इज्जतको प्रतिष्ठाको र देशको राष्ट्रिय शक्ति वृद्धि गर्ने कुराको संयोग हो । यही कुरालाई बुझेर तपाईहरु गाउँमा चुनावमा जानुहुनेछ । युवा विद्रोहमा मिसिएका केही निला स्यालहरु छन्, निला स्यालहरु, पार्टीको नाम भनिराख्न पर्दैन । रङ्ग भनिरहनु पर्दैन । मै हुँ क्रान्तिकारी भनेर देखा पर्ने यस्ता स्यालहरु साम्राज्यवादका पिछलग्गु बनेर बनेर अहिले समाजमा छटपटाईरहेका छन् । नेपालको राष्ट्रिय शक्तिलाई, नेपाली जनताको शक्तिलाई, देशभक्तिको शक्तिलाई छिन्नभिन्न पार्नेगरि अगाडी बढिरहेका छन् । विचारहीनहरु, दृष्टिकोणहीनहरु, सिद्धान्तहिनहरु, पश्चिामाहरुको पिछलग्घु बन्नेहरु आज दोडेको तपाईहरु देख्न सक्नुहुनेछ । यसलाई सावधानी नराखीकन हाम्रो गन्तव्य ठीक बाटोमा जान सक्दैन । देशको कम्युनिष्ट आन्दोलनको रक्षा नगरी हामी समाजवादको दिशामा पुग्न सक्दैनौँ । समाजबाद जनताको मनको, जनताको जीवनस्तरको परिवर्तन गर्ने लक्ष्यको बाटो हो । हामी जहिलेपनि विचारसहित विकासको पक्षमा छोँ । विचार माक्सवाद, लेनिनवाद, विकास जपक्षिय ।’ 
उहाँले नेपाली कम्युनिष्ट पार्टीले देशको प्रतिष्ठा र जनताको सम्मान वृद्धि गर्ने काम गरिरहेको बताउनुभयो । यही बुझाइका साथ पार्टी कार्यकर्तालाई गाउँ–गाउँमा पुगेर चुनावी गतिविधिमा सक्रिय हुन आग्रह उहाँले आग्रह गर्नुभयो ।