Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


बाँकेमा तास खेलिरहेकाे अवस्थामा पाँच जना पक्राउ


234
Shares

काठमाडौं ।

बाँकेमा तास खेलिरहेका पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका ३७ वर्षीय सन्तोषकुमार गोडियासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेकाे हाे ।

हिजा बेलुका गोडियाको टहरामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद एक लाख १० हजार ७४५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।