काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताउनुभयो । यसका लागि सञ्चारमाध्यमहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्नै बताउनु भयो । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माण लाग्न पनि आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार हो । यसका लागि सञ्चारमाध्यमहरुको भुमिका महत्वपूर्ण छ ।
निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्छ । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौँ । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माणमा निर्वाह गरौँ ।’
उहाँले डिजिटल माध्यममार्फत जनतासामु पुग्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो । राष्ट्रको आवाजलाई सशक्त बनाउनु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व भएको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्