काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको भेटपछि महामन्त्री पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बीमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले सरकारले स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोत जुटाउने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रश्तुत गरेको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना पूरा हुन नसकेको उल्लेख गर्दै पछिल्ला सरकारहरूले पनि बीमा कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पतालहरूले वक्यौता भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने घोषणा गरेका छन् ।
शिक्षण अस्पताल लगायतका ठूला अस्पतालहरूमा बीमा सेवा प्रभावित भएको खबरहरू आएका छन् । मन्त्री पौडेलले आफ्नो कार्यकालमा बीमाको सुविधा बढाउने (१ लाखबाट ५ लाखसम्म पु¥याउने प्रश्ताव) र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरे पनि हालको अवस्थामा कार्यक्रम नै जोखिममा परेको उहाँको भनाइ छ । उहाँले सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न नमिल्ने बताउनु भयो ।
महामन्त्री पौडेलले ढलको क्षमता अभिवृद्धि गर्न पनि आफू लागिपर्ने बताउनु भयो । आफूले काम गरेन भनेर भन्न मिल्ने स्थिति नरहेको बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्