Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


टाइगर कप पुरुष फाइनल


91
Shares

काठमाडाैं ।
पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको फाइनल आज हुँदैछ । उपाधीका लागि गण्डकी र पर्वत भलिबल संघले पोखरा रंगशालामा आज दिउँसो फाईनल भीडन्त गर्ने तय भएको हो ।

सहवो सम्पन्न खेलमा गण्डकी र पर्वतले ५ सेट खेल्दा नेपाल पुलिस क्लब उपाधि होडबाट बाहिरिएको थियो । लिगचरणको अन्तिम खेलमा गण्डकीले पर्वतलाई ३–२ को सेटमा हराउँदा पुलिसलाई घाटा भएको हो ।

गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । समान १० अंक रहेको नेपाल पुलिस क्लब सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो ।आजै हुने तेस्रो स्थानका लागि पुलिस र आर्मी बिच खेल हुनेछ ।

यसअघि हिजो नै भएको महिलातर्फको फाईनल खेलन्यु डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ । महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो ।

उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पुरस्कार हात पा¥यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो ।