Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


260
Shares

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ ।

झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गएराति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो ।

मोटरसाइकलको पछाडि सवार मेचीनगर– ६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको र मोटरसाइकल चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशीनाथ पौडेल घाइते भएकाे प्रहरीरले जानकारी दिएकाे छ।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवाललाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते चालककाे बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।