काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।
विभागले राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने बताएको छ । कोसी र वाग्मती प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।





प्रतिक्रिया दिनुहोस्